विश्व

जलवायु, कर र स्वास्थ्य विधेयकमा बाइडेनको हस्ताक्षरः ३७५ बिलियन डलर लगानी गर्ने

इकागज |
भदौ १, २०७९ बुधबार १३:३० बजे

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले मुख्यतयाः धनीहरूमाथि कर उठाउँदै जलवायु परिवर्तन र स्वास्थ्य सेवाको लागतसँग लड्ने उद्देश्य राखेको विधेयकमा हस्ताक्षर गरेका छन् । 

ऐनले कंग्रेसको दशकौंदेखिका वाचाहरूलाई राम्रो बनाउन सहयोग गर्ने बताइएको छ । साथै प्रिस्क्रिप्शन ड्रग्सको मूल्यमा अंकुश लगाउने उपायहरू समावेश गर्ने विश्वास गरिएको छ ।


विधेयकले मध्यावधि चुनाव अघि राष्ट्रपतिको एजेन्डाको बढावा दिनसक्ने बताइएको छ । 

नोभेम्बरमा मतदान गर्ने मतदाताहरूले बाइडेनका डेमोक्र्याटहरूले कांग्रेसलाई अझै दुई वर्षसम्म नियन्त्रणमा राख्ने कि नगर्ने निर्णय गर्नेछन् ।  राष्ट्रपतिले आफ्नो घरेलु एजेन्डाको अन्तिम टुक्राको रूपमा मंगलबार हस्ताक्षर गर्दै बिलको स्वागत गरेका छन् । 

इतिहासमा सबैभन्दा महत्त्वपूर्ण संघीय लगानी भनिएको उक्त प्याकेजले जलवायु परिवर्तनको मुद्धाका लागि ३७५ बिलियन डलर लगानी गर्ने जानकारी प्राप्त भएको छ। 
 


Author

थप समाचार
x