विश्व

मृत्यु भएको ३८ वर्षपछि भारतीय सैनिकको शव फेला

इकागज |
भदौ १, २०७९ बुधबार १५:१४ बजे

फाइल फोटो

दिल्ली - पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ । 

सेनाले भन्यो कि शेखरलाई सन् १९८४ मा अपरेशन लागि तैनाथ गरिएको थियो ।  भारत र पाकिस्तानले सियाचेन ग्लेशियरमा नियन्त्रण कायम गर्नको लागि छोटो युद्ध लडेका थिए । यो  विश्वको सबैभन्दा अग्लो रणभूमिको रूपमा प्रतिष्ठित थियो ।


लद्दाखको हिमाली क्षेत्रमा अवस्थित यस क्षेत्रमा लामो समयदेखि आणविक हतियार भएका छिमेकीहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ । स्थानीय सञ्चारमाध्यमले शेखर २० सदस्यीय समूहको सदस्य रहेको बताएको छ ।

गस्तीको क्रममा हिउँको आँधीमा फसेको जनाइएको छ  । उनको अन्तिम संस्कार अब उनको परिवार बस्ने उत्तरखण्ड राज्यमा पूर्ण सेना सम्मानका साथ हुने बताइएको छ ।


Author

थप समाचार
x