तमिलनाडुमा पहेँलो कमिलाको आतङ्क
काठमाडौं– भारतको दक्षिणी राज्य तमिलनाडुका सयौं गाउँलेहरू पहेँलो पागल कमिलाको प्रकोपबाट त्रसित भएका छन् ।
किराहरूले गाईवस्तुमा आक्रमण गर्ने र बाली उत्पादनमा असर पारेर जीविकोपार्जनलाई नै खतरामा पारेको तमिलनाडुका गाउँलेहरूले बताएका छन् ।
इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचरले पहेंलो कमिला जसलाई पागल कमिला पनि भनिएको छ, संसारको सबैभन्दा खराब आक्रमणकारी प्रजातिहरू मध्ये एक भएको बताउँछ ।
उक्त कमिलाहरूले नटोक्ने तर फर्मिक एसिड स्प्रे गर्ने बताइएको छ । जसले गर्दा अन्य प्रतिक्रियाहरू निम्त्नि सक्ने बताइएको छ ।
यी कमिलाहरू चाँडै बढ्ने र स्थानीय वन्यजन्तुलाई ठूलो मात्रामा क्षति पुर्याउन सक्ने विज्ञहरूको भनाइ रहेको छ ।
अष्ट्रेलियाका धेरै भागहरूका मानिसहरूले पनि यी कमिलाहरूको संक्रमण बारे रिपोर्ट गरिएको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया