अबको निर्वाचनमा मोदीकै रणनीति अपनाउने राहुल गान्धीको योजना

फाइल तस्बिर
नयाँ दिल्ली- भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोक सभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउने भएका छन् ।
उनले आगामी सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहरू तथा विज्ञहरूसँग परामर्श गर्ने क्रममा यो योजना सुनाएका हुन् ।
भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष समेत रहेका नेता गान्धीले अन्य विज्ञ तथा सरोकारवालाहरूसँग पनि चरणबद्ध रुपमा छलफल गर्ने तयारी गरेको जनाइएको छ ।
मोदी नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको र त्यही विषयलाई आगामी निर्वाचनको मुख्य एजेण्डा बनाउने उनको भनाइ छ ।
सन् २०१४ मा भारतीय जनता पार्टीले पनि तत्कालीन मनमोहन सिंह नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको भन्दै त्यसैलाई मुख्य एजेण्डा बनाएको थियो ।
आगामी निर्वाचनका लागि पार्टीको तर्फबाट गर्नुपर्ने तयारीका बारेमा गान्धीसँगै अन्य नेताहरूले पनि आन्तरिक छलफललाई तीव्रता दिएका छन् । एएनआई
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया