जापानमा एकैदिनमा अढाई लाख बढी संक्रमित

टोकियो- जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड-१९ को संक्रमण भएको छ ।
यो संख्या हालसम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त संक्रमण पुष्टि भएको थियो ।
कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु भएको छ । टोकियो महानगरमा मात्र आज २७ हजार चार सय ५३ नयाँ संक्रमित थपिएका छन् ।
जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड-१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैया पाउन कठिन भएको बताएका छन् ।
यसैबीच, आज सिङ्गापुरमा तीन हजार पाँच सय ५३ जना नयाँ संक्रमित भएका छन् । योसँगै सिङ्गापुरमा अहिलेसम्म संक्रमितको संख्या १८ लाख नौ हजार दुई सय २१ पुगेको छ ।
त्यसैगरी आज उक्त संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार कोभिड १९ बाट सिङ्गापुरमा हालसम्म एक हजार पाँच सय ७२ जनाको मृत्यु भएको छ । सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया