श्रीलंकाका पूर्व राष्ट्रपति गोटावायाले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन
कोलम्बो- श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजपाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । गत जुलाईमा श्रीलंकामा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायाले अमेरिकामा बस्नेगरी आवेदन फाराम भरेको जनाइएको छ ।
उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ । श्रीलंकाको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिए । पूर्व राष्ट्रपति गोटावायासँग निकट मानिएका विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्ध भइसकेको पनि बताए । यसअघि उनले नोभेम्बरसम्म थाइल्याण्डमै बस्ने योजना बनाएका थिए ।
तर कानुन व्यवसायीहरुसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलंका फर्किने निर्णयमा पुगेको डेलि मिरर पत्रिकाले लेखेको छ । उच्च श्रोतहरुलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेका थिए । उनकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गरेकी छन् ।
उनको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन् ।
मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उनलाई देश छोडेर भाग्नु परेको हो । उनी सुरुमा म्यानमार गएका थिए । त्यसपछि थाइल्याण्ड हुदै सिङ्गापुर पुगेका थिए ।
उनले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरुले सङ्कट समाधानको प्रयास गरिरहेका छन् । रासस ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया