विश्व

पुटिनले निरीक्षकहरूलाई आणविक प्लान्ट भ्रमण गर्न अनुमति दिने

इकागज |
भदौ ४, २०७९ शनिबार १३:१३ बजे

काठमाडौं – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र निरीक्षकहरूलाई रूस–नियन्त्रित आणविक प्लान्टमा भ्रमण गर्न अनुमति दिने भएका छन् ।  पुटिनले निरीक्षकहरूको टोली युक्रेन हुँदै मस्कोको कब्जामा रहेको जापोरिज्जिया आणविक केन्द्रमा जान सक्ने सहमति जनाएका छन् । 

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको कार्यालयका अनुसार शुक्रबार पुटिनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को रूस हुँदै साइटमा यात्रा गर्ने मागमा पुर्नविचार गर्ने बताइएको छ ।


रुसी नेताले लडाइँले त्यहाँ विपत्ति ल्याउनसक्ने चेतावनी दिएपछि पुटिनले उक्त विचार गरेको बताइएको छ ।  

पुटिनको आईएईए टोली युक्रेन हुँदै आइपुग्ने सम्भावना रहेको मागलाई खारेज गरेको बताउँदै साइटमा यात्रा गर्न दिने कुरालाई यसले पुष्टि गरेको बताइएको छ । 
यसैबीच संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेसले दक्षिण युक्रेनको जापोरिज्जिया प्लान्टमा कब्जा गरेका मस्कोका सेनाहरूलाई ग्रिडबाट सुविधा विच्छेद नगर्न आग्रह गरेका छन् । 

गुटेरेसले लाखौं युक्रेनीहरूलाई पनि सम्भावित आपूर्ति कटौती नगर्न आग्रह गरेका छन् । 
 


Author

थप समाचार
x