अमेरिकाले युक्रेनसँग करिब १ लाख ५० हजार मेट्रिक टन अन्न किन्ने
काठमाडौं–संयुक्त राज्य अमेरिकाले युद्धले अवरुद्ध नभएका युक्रेनका बन्दरगाहहरूबाट खाद्य सहायताको ढुवानीका लागि आगामी केही हप्ताहरूमा लगभग १ लाख ५० हजार मेट्रिक टन अन्न किन्ने योजना बनाएको छ ।
विश्व खाद्य कार्यक्रम(डब्लुएफपी)का प्रमुख डेभिड ब्यास्लेले अन्नका लागि अन्तिम गन्तव्यहरू पुष्टि गर्न छलफल अझै जारी रहेको बताएका छन् ।
१३० मिलियन भोका मानिसहरूलाई खुवाउन डब्लुएफपीले गत वर्ष किनेको अन्नको आधा स्रोत युक्रेन रहेको बताइएको छ । गत महिना रुस र युक्रेनले संयुक्त राष्ट्र र टर्की सरकारसँग सम्झौतामा हस्ताक्षर गरेका थिए । फेब्रुअरीमा भएको रुसी आक्रमणपछि यूक्रेन पहिलोपटक अन्नको निर्यात गर्न सक्षम भएको बताइएको छ ।
ब्यास्ले भने, ‘पुनः खुल्न ढिला भएको युक्रेनको बन्दरगाह र कार्गो जहाजहरूको सतर्क आवागमनले खनन गरिएका कालो समुन्द्रले विश्वव्यापी खाद्य सुरक्षा संकट समाधान गर्दैन ।’ उनले विश्वका भोकमरी लागेका भागहरूमा धनी देशहरूले अन्न र अन्य सहयोगहरू धेरै प्रवाह गर्नसमेत चेतावनी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया