विश्व

साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीलाई यातना

इकागज |
भदौ ५, २०७९ आइतबार ७:५० बजे

प्रतिकात्मक तस्बिर

इस्लामाबाद - पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नै साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख पाकिस्तानी रुपी माग गरेको पाकिस्तानी सन्चार माध्यमहरूले जनाएका छन् । मागेको रकम नदिएपछि युवतीको भिडियो सामाजिक सञ्जालमा राखिदिने चेतावनी दिइएको समाचारमा जनाइएको छ ।

लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलावादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । युवतीलाई दुर्व्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो जसमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाइएको थियो ।


प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको छ । ‘पुलिसले दानिश र उनकी छोरीसहित सात संदिग्धहरूलाई पक्राउ गरेको छ र बाँकी संदिग्धहरूलाई पक्राउ गर्न छापा मारिरहेको छ’, पञ्जाब प्रहरीका प्रवक्ताले भने ।

पीडित युवती आफ्नी वृद्ध आमासँग बस्दै आएकी थिइन् । उनका दुई भाइ बेलायत र अष्ट्रेलियामा छन् । एजेन्सी


Author

थप समाचार
x