मस्को बम विस्फोटमा पुटिनको सहयोगीकी छोरी दर्याको मृत्यु
काठमाडौं– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी रूसी दार्शनिक अलेक्ज्याण्डर डुगिनकी छोरीको मस्को नजिकैको राजमार्गमा हत्या भएकोे आशंका गरिएको छ ।
दर्या डुगिनाको कार विस्फोटमा मृत्यु भएको रुसको अनुसन्धान समितिले जनाएको छ । उक्त घटना डुगिना घर जाँदा भएको बताइएको छ । डुगिन एक अति–राष्ट्रवादी विचारधारा प्रमुख हुन् जसलाई पुटिनको नजिकको व्यक्ति भनेर पनि चिनिन्छ।
मस्को नजिकैको एक इस्टेटमा आयोजना गरिएको उत्सवमा डुगिन र उनकी छोरीलाई सम्मानित अतिथिको रूपमा आमन्त्रित गरिएको बताइएको छ । उक्त उत्सवमा डुगिनले भाषण दिएको जानकारी प्राप्त भएको छ ।
कार्यक्रम पश्चात् बाबा छोरी एउटै कारमा फर्किने कुरा रहे पनि डुगिनले अन्तिम मिनेटमा आफ्नी छोरीबाट अलग्गै यात्रा गर्ने निर्णय गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया