विश्व

पाकिस्तानी टेलिभिजनलाई इमरान खानको भाषण प्रत्यक्ष प्रशारण गर्न रोक

इकागज |
भदौ ५, २०७९ आइतबार १४:५८ बजे

काठमाडौँ- पाकिस्तानको प्रेस निगरानी गर्ने संस्था पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेम्रा) ले पूर्व प्रधानमन्त्री इमरान खानको भाषण प्रत्यक्ष प्रसारण गर्न टेलिभिजनमाथि बन्देज लगाएको छ । 

यसै वर्षको सुरुवातमा सत्ताबाट बाहिरिन बाध्य भएका खानले वर्तमान शेहबाज सरिफ सरकारको आलोचना गर्नुका साथै शनिबार नै प्रहरी, कर्मचारीतन्त्र तथा निर्वाचन आयोगमाथि मुद्दा हाल्ने चेतावनी दिएपछि सो निर्णय गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । 


तहरिक-ए-इन्साफ पार्टीका अध्यक्ष खानले आफ्ना सहयोग शहवाज गिल पक्राउ परेपछि प्रहरी, कर्मचारीतन्त्र तथा निर्वाचन आयोगमाथि मुद्दा हाल्ने चेतावनी दिएका थिए । 

पेम्राका अनुसार खानले घृणा फैलाउने भाषण गरिरहेको तथा सरकारी निकायमाथि निराधार आरोप लगाइरहेका छन् । खानले पाकिस्तानको संविधानको उल्लंघन गरेको भन्दै उनको भाषण प्रत्यक्ष प्रशारण नगर्न टेलिभिजनहरूलाई निर्देशन दिइएको हो ।
 


Author

थप समाचार
x