संयुक्त राष्ट्रसंघले रूसी खाना बजारमा ल्याउने काम गरिरहेको छ : गुटेरेस
काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व बजारमा रुसी खाद्यान्न र मल पुग्नलाई भइरहेको अवरोध हटाउनलाई संयुक्त राज्य अमेरिका र युरोपेली संघसँग मिलेर काम गरिरहेको बताएका छन् ।
शनिबार गुटेरेसले युक्रेन र रसियाबाट थप खाद्यान्न र मल प्राप्त गर्नु कमोडिटी बजारलाई शान्त बनाउन र उपभोक्ताहरूको लागि मूल्य कम गर्न महत्वपूर्ण रहेको बताएका छन् ।
इस्तानबुलको भ्रमणको क्रममा उनले सन् २०२२ मा पर्याप्त मात्रामा मल उपलब्ध नभए २०२३ मा पर्याप्त खाद्यान्न उत्पादन नहुने बताएका छन् । उनले निर्यातको अनुगमन गर्न समन्वय केन्द्रको भ्रमण पनि गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया