विश्व

अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्षमा राजाराम शाही

इकागज |
भदौ ६, २०७९ सोमबार १३:४५ बजे

कतार - डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्षमा राजाराम शाही चयन भएका छन् । आइतबार कतारमा भएको पुनर्गठित भेलाले शाही अध्यक्ष रहने गरी ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको हो । 

पछिल्लो समय जनता समाजवादी पार्टीमा उपेन्द्र यादव र डा. भट्टराई पक्षधरका बीच पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेपछि जनता समाजवादी पार्टीबाट चोइटिएर डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए । नेपाल समाजवादी पार्टीले विदेशमा भातृ संगठन खुल्ने क्रम बढिरहेको छ । 


यस्तो बन्यो कार्यसमिति 

अध्यक्ष राजाराम शाही, संरक्षक सागर अधिकारी उपाध्यक्ष सन्तोष तिमल्सिना, रामजी सुवेदी, नवीन निरौला, राम सुनार पण्डित र शोभा चापागाईँ रहेका छन् भने सचिवमा मनोज दाहाल, सहसचिवमा नवीन रेग्मी र नरबहादुर गुरुङ छन् । 

त्यस्तै, कोषाध्यक्षमा पुष्पराज भण्डारी, सह-कोषाध्यक्षमा करिश्मा दाहाल बस्ताकोटी, लोकेन्द्र बहादुर कार्की र गोविन्द चौधरी रहेका छन् । कार्यसमिति सदस्यमा अर्पण श्रेष्ठ, रामसुन्दर मिश्र, सरोज कायर, प्रकाश पन्त प्रेम पौडेल, बाबुराम थापा, बाबुराम दवाडी, टेकबहादुर ढकाल, सूर्य गुरुङ, प्रकाश विश्वकर्मा, राजेश दर्नाल, हर्क बहादुर माझी, सुरज क्षेत्री, तुलसीराम विश्वकर्मा र शेख जमशेद रहेका छन् । 

त्यसैगरी, सल्लाहकार समितिमा पवन राई, नवराज लामिछाने, भरत परियार, राज भट्टराई, राजु पुडासैनी सन्तोष पाठक, तारा सुनार, राजेन्द्र पराजुली, उत्तम भण्डारी, अब्दुल करिम मियाँ र एनआरएनए कतारको नवगठित अध्यक्ष सुरेश भट्टलाई अभिभावकीय संस्थाको रुपमा सल्लाहकारमा रहेका छन् 


Author

थप समाचार
x