विश्व

`युद्धमा युक्रेनतर्फ करिब नौ हजार सैनिकको मृत्यु`

इकागज |
भदौ ६, २०७९ सोमबार १९:२३ बजे

फाइल फोटो

कीभ - रूसको आक्रमण सुरु भएयता युक्रेनका करिब नौ हजार सैनिक मारिएको युक्रेनका प्रमुख सैनिक कमाण्डरले जानकारी दिएका छन् ।

भ्यालेरी जालुज्नीले सोमबार कीभमा आयोजित सार्वजनिक समारोहमा भने, `युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिन आवश्यक छ किनकि उनीहरूका बाबुहरू मोर्चामा गएका छन् र सम्भवतः उनीहरू मारिएका लगभग नौ हजार नायकहरूमध्ये एक हुन पनि सक्छन् ।`


युक्रेनी अधिकारीहरूले करिब छ महिनाको युद्धमा भएको सैन्य क्षतिबारे विरलै मात्र विवरण दिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत अप्रिलमा करिब तीन हजार युक्रेनी सैनिकको मृत्यु भएको र १० हजार घाइते भएको बताएका थिए । 

रूसी राष्ट्रपति भ्लादिर पुटिनले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्न आफ्नो सेनालाई निर्देशन दिएपछि दुबैतर्फ हजारौँ सैनिक मारिएका अपुष्ट समाचारहरू आएपनि दुबैतर्फबाट सार्वजनिक मारिएका वा घाइते भएका भनी सार्वजनिक सूचीभन्दा ठूलो सङ्ख्यामा सैनिक तथा सर्वसाधारणको हताहत भएको हुनसक्ने विश्लेषकहरूले बताउने गरेका छन् । 


Author

थप समाचार
x