विश्व

युक्रेन अन्त्यसम्म लड्नेछ : जेलेन्स्की

इकागज |
भदौ ८, २०७९ बुधबार १४:१७ बजे

काठमाडौं – युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले स्वतन्त्रता दिवसको अवसर पारेर आफ्नो देशले रुसको आक्रमणलाई ‘अन्त्यसम्म’ लड्ने र ‘कुनै सहुलियत वा सम्झौता’ नगर्ने वाचासहितको सम्बोधन गरेका छन् । 

जेलेन्स्कीले भने, ‘हामीलाई तपाईको सेनाको कुनै मतलव छैन, हामीलाई हाम्रो भूमिको मात्र चिन्ता छ ।’ यसको लागि उनले अन्त्यसम्म लड्ने अठोट गरेका छन् । 
उनले भने, ‘हामी ६ महिनादेखि बलियो भएर बसेका छौं जुन कठिन अवश्य छ तर आ–आफ्नो भाग्यको लागि लड्नै प¥यो ।’


‘हाम्रा लागि हरेक नयाँ दिनको सुरुवात नै हार नमान्ने कारणहरुमध्ये एक हो ।’ उनले भने, ‘यति लामो यात्रा गरिसकेपछि परिणाममा नपुग्ने अधिकार हामीसँग छैन ।’


Author

थप समाचार
x