रुसी र फ्रान्सेली रक्षा मन्त्रीहरूबीच वार्ता
काठमाडौं – रुसी रक्षा मन्त्री सर्गेई शोइगुले जापोरिज्जिया आणविक प्लान्टको बारेमा फ्रान्सेली समकक्षीसँग टेलिफोनमा छलफल गरेका छन् ।
युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट जापोरिज्जियालाई रुसी सेनाले मार्चमा कब्जा गरेको थियो । उक्त आणविक प्लान्टमा हाल सालैका आगलागीको घटना घटिरहेको छ जसका कारण आणविक प्रकोपको डर बढेको जानकारी प्राप्त भएको छ ।
दुवै देशले एकअर्कालाई प्लान्टमा गोलाबारी गरेको आरोप लगाएका छन् ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको बिहीबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी(आई.ए.ई.ए) का महानिर्देशक राफेल ग्रोसीलाई भेट्ने कार्यक्रम रहेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको जापोरिज्जिया पावर प्लान्टको साइट निरीक्षणको कामलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सजिलो बनाईदिइका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया