विश्व

इमरान खानलाई अन्तरिम जमानत

इकागज |
भदौ ९, २०७९ बिहीबार १८:१६ बजे

फाइल फोटो

काठमाडौंँ - पाकिस्तानी अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई अन्तरिम जमानत दिएको छ । इस्लामावादको एक आतंकवाद विरोधी अदालतले पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानलाई गत हप्ता वरिष्ठ प्रहरी अधिकारी र एक महिला न्यायाधीश विरुद्ध टिप्पणी गरेको आरोपमा उनीविरुद्ध दर्ता भएको मुद्दामा अन्तरिम जमानत दिएको हो । 

प्रहरी र न्यायाधीशलाई ‘धम्की’ दिएको आरोपमा खानलाई आतंकवाद विरोधी कानून अन्तर्गत अभियोग लगाइएको थियो । न्यायाधीशले खानलाई सेप्टेम्बर १ सम्म जमानत दिएका छन् ।


न्यायाधीश राजा जवाद अब्बासले बिहीबार खानलाई १ लाख पाकिस्तानी रुपैयाँ (४६० डलर) तिरेर सेप्टेम्बर १ सम्म जमानत दिएका छन् । 
न्यायाधीश ताहिर अब्बास सुप्राल पनिे बिहीबार उत्तर्राधको अतिरिक्त सत्रमा ‘गैरकानूनी सभाको आरोप’मा खानलाई सेप्टेम्बर ७ सम्मको लागि ५ हजार पाकिस्तानी रुपैयाँको जमानतमका आधारमा अन्तरिम जमानत दिएका छन् ।  अदालतको अवहेलना मुद्दामा अगस्ट ३१ मा सुनुवाइ हुने  अल जजिराले जनाएको छ । 

क्रिकेटको आइकनबाट राजनीतिज्ञ बनेका उनले विगत केही दिनमा बढ्दो कानुनी चुनौतीहरूको सामना गर्नुपरेको छ ।  खान बिहीबार अदालतमा आउनु अघि उनका वकिलले पीटीआई प्रमुख विरुद्धको आतंकवादी मुद्दालाई पुलिसले बदलाको रूपमा दर्ता गरेको दाबी गरेका छन् । 


Author

थप समाचार
x