विश्व

भारतमा एकै परिवारका छ जना मृत अवस्थामा भेटिए

इकागज |
भदौ १०, २०७९ शुक्रबार १६:४५ बजे

अम्बाला- भारतमा शुक्रबार एउटै परिवारका छ जना मृत अवस्थामा भेटिएका छन् । देशको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका एकै परिवारका छ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

घटनाका बारेमा जानकारी पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा उनीहरुले मृत्यु अगाडि लेखेको पत्र समेत भेटिएको जनाएको छ । तर पत्रमा लेखिएको विषय भने प्रहरीले जानकारी दिएको छैन । 


घटनामा ६५ वर्षका संगत राम, ३४ वर्षका सुखविन्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविन्डरकी श्रीमती रिना, सिंहका दुई छोरीहरू अशु र जास्सीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनीहरुको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानबाट उनीहरूको आत्महत्या भएको आशंका गरिएको छ । प्रहरी उपनिरीक्षक जोगिन्दर शर्माले घटनाका बारेमा अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी नै रहेको जानकारी दिए । 

उनीहरुको शव जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा राखिएको छ । घटनाका बारेमा बुझ्न प्रहरीले स्थानीय र उनीहरु निकटस्थसँग बयान लिएको छ । एएनआई


Author

थप समाचार
x