विश्व

युक्रेनले अमेरिकी हतियारको रेकर्ड परम्परागत कागजमै राख्ने

इकागज |
भदौ ११, २०७९ शनिबार ६:४१ बजे

मस्को- युक्रेनी अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेका हतियार र अन्य सैन्य उपकरणहरूको सही स्थानलाई पिन गर्न असमर्थ रहेको  बताएका छन् ।  त्यसबारे सबै  विवरण कागजमा उल्लेख गरिएको रक्षा विभागका कार्यवाहक महानिरीक्षक सीन ओ'डोनेलले ब्लूमबर्गलाई बताएका छन् ।

अधिकारीका अनुसार युक्रेनले 'हाते रसिदहरू' प्रयोग गरेर हतियारहरूको अभिलेख राख्ने गरेको बताएका छन् । "यो सबै कागजी हो," अधिकारीले स्वीकार गर्दै भनेका छन् हतियारहरू कहाँ पुग्छन् भन्ने बारे कागजी रेकर्डमै आधारित भएको बताएका छन् ।


उपयुक्त अभिलेखको अभावले  हतियारको  प्रसारणमा  शङ्का गर्ने ठाँउ देखिए पनि  नेटो अधिकारीहरूले भने "हतियार हस्तान्तरणको सुरक्षा व्यवस्थापन यथेष्ट रहेको" बताएका छन् । (एएनआई/स्पुतनिक)


Author

थप समाचार
x