विश्व

अमेरिकाले दियो पाकिस्तानलाई ९० लाख डोज खोप सहयोग

इकागज |
भदौ ११, २०७९ शनिबार २१:२४ बजे

फाइल फोटो

इस्लामावाद - संयुक्त राज्य अमेरिकाले शुक्रबार पाकिस्तानलाई कोभिड-१९ खोपको ९० लाख डोजहरू प्रदान गरेको छ। पाकिस्तानलाई अमेरिकी कोभिड-१९ खोपको ७७  मिलियन डोज उपलब्ध गराउने अमेरिकी प्रतिबद्धताको एक भागको रूपमा थप ९ मिलियन बालबालिका र वयस्कहरूका लागि प्रयोग हुने डोजहरू २६ अगस्टमा मा आइपुगेको पाकिस्तानस्थित अमेरिकी दूतावासले उल्लेख गरेको छ ।

अमेरिकाले पाकिस्तानमा ९० लाख कोभिड-१९ खोपको डोज उपलब्ध गराएको अमेरिकी राजदूत डोनाल्ड ब्लोमले पुष्टि गरेका छन् । 'पाकिस्तानका स्वास्थ्यकर्मीहरूको विशेषज्ञता र समर्पणसँगै हामीले पाकिस्तानलाई उपलब्ध गराएको खोप, आपूर्ति र तालिमले हाम्रा दुई देश बीचको सहयोगलाई निरन्तरता दिनेछ।' 


कोरोना बिरूद्ध लड्न र पाकिस्तानी जनताको स्वास्थ्य र सुरक्षाको रक्षा गर्ने सन्दर्भमा  संयुक्त राज्य अमेरिका पाकिस्तानको खोपको सबैभन्दा ठूलो दाता हो। 
 


Author

थप समाचार
x