विश्व

फिलिपिन्समा कोरोनाबाट एकै दिन ५४ जनाको मृत्यु

इकागज |
भदौ ११, २०७९ शनिबार २१:४३ बजे

मनिला- फिलिपिन्समा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा ५४ जनाको मृत्यु भएको छ । 

पछिल्लो समय फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या धेरै देखिएको अधिकारीहरूले जनाएका छन् ।
 
उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ६५ जना नयाँ सङ्क्रमित भएका हुन् । योसँगै फिलिपिन्समा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ३८ लाख ७२ हजार चार सय पाँच पुगेको छ । 


दक्षिणपूर्वी एसियाली यस मुलुकमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने २९ हजार आठ सय सात रहेको छ । 

देशको स्वास्थ्य विभागले शनिबार दिएको जानकारी अनुसार फिलिपिन्समा अहिलेसम्म कोरोनाका कारण ६१ हजार छ सय १३ जनाको मृत्यु भएको छ । सिन्ह्वा


Author

थप समाचार
x