भारतको नोयडामा रहेको ट्वीन टावरमा २.४५ बजे विष्फोट गरिने
काठमाडौँ- भारतको नोयडामा रहेको सुपरटेक ट्वीन टावरलाई नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा भत्काइने भएको छ । द हिन्दुको अनलाईनले जनाए अनुसार एक सय मिटर उचाइको अवैध टावर भत्काइन लागिएको हो ।
अदालतले भत्काउने निर्देशन दिएपछि भवन भत्काउनु अघि ठूलो तयारी गरिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी, पानीको ट्यांकी तथा एन्टी-स्मोग गन तैनाथ गरिएको छ ।
भवन भत्काउन ३ हजार ७ सय केजी विष्फोटक पदार्थको प्रयोग गरिनेछ ।
३ सय करोड भारतीय रुपैयामा निर्माण गरिएको ती दुई भवनबाट ५ हजार मानिसलाई अन्यत्र सारिएको छ । त्यसैगरी ४० वटा कुकुरहरुलाई पनि अन्यत्र सारिएको छ ।
यता सुपरटेकले भने नोएडाको अधिकारीको अनुमति अनुसार नै भवनहरु निर्माण गरिएको दावी गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया