संयुक्त राष्ट्र संघको टोली आणविक प्लान्ट प्रस्थान
काठमाडौंँ – संयुक्त राष्ट्र संघको टोली युक्रेनको जापोरिज्जिया आणविक प्लान्टको लागि प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)का महानिर्देशक राफेल ग्रोसीले संयुक्त राष्ट्र संघको आणविक निगरानी संगठनको एक मिसन युक्रेनको समस्याग्रस्त जापोरिज्जिया आणविक उर्जा प्लान्टका लागि प्रस्थान गरेको जानकारी दिएका छन् ।
उनले युक्रेन र युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको सुरक्षा गर्नुपर्ने कुरा ट्वीट गरेका छन् । रुसी सेनाले मार्चदेखि आक्रमण गरेर आणविक प्लान्ट कब्जा गरेको छ । युक्रेनको दक्षिणपूर्वमा रहेकोे साइटमा हुने झगडाले साइटको सुरक्षामा विश्वव्यापी चिन्ता बढाएको जानकारी प्राप्त भएको छ । उक्त क्षेत्रमा युक्रेन र रुसले एकअर्कालाई गोलाबारी गरेको आरोप लगाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया