ब्राजिलको एक आदिवासी समुदायको अन्तिम सदस्यको निधन
काठमाडौँ- बाहिरी संसारबाट अलग्गै रहेको ब्राजिलको एक आदिवासी जनजाति समुदायको अन्तिम सदस्यको निधन भएको छ । ब्राजिलको आदिवासी जनजाति संरक्षण एजेन्सी फुनाइलाई उदृत गर्दै सीएनएनले जनाए अनुसार ‘म्यान अफ द होल’ नामले समेत चिनिएका उक्त व्यक्तिको निधन भएको हो ।
उनी विगत २६ वर्षदेखि ब्राजिलको रोन्डोनियन राज्यको अमेजन क्षेत्रमा पर्ने तनारुमा अज्ञात रूपमा बस्दै आएका थिए ।
उनी जनावरलाई समात्न गहिरो खाल्डो खनेर त्यसैभित्र लुक्ने व्यवहारका कारण ‘म्यान अफ द होल’ नामले चिनिएका थिए । उनी सम्पर्कमा आउन नचाहेपनि उनको टाढैबाट निगरानी गरिने गरिएको थियो ।
सर्भाइभल इन्टरनेसनलका अनुसार उनका अन्य सदस्यहरू भने सन् १९७० को दशकमा जंगली जनावरकाे सिकार गर्ने तथा जमिन अतिक्रमण गर्नेहरूको आक्रमणमा परि मारिएका थिए ।
उनको मृत्यु भने प्राकृतिक कारणले भएको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया