पानी जहाजमा लागेको आगो निभाउन तीन वटा हेलिकप्टर र सातवटा जहाज
फाइल फोटो
स्टकहोम - स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा लागेको आगो नियन्त्रणमा आएको स्वीडेनको सुरक्षाकर्मीले जनाएको छ । उक्त घटनामा सबै यात्रु सकुसल रहेको र उनीहरूलाई गन्तब्यतर्फ पठाउने तयारी भइरहेको छ ।
स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले जहाजको डेकमा आगो लागेको र आगो निभाउन तीन वटा हेलिकप्टर र सातवटा जहाज घटनास्थलमा पठाइएको बताएका थिए । जहाजलाई खाली गर्ने काम पनि सुरु गरिएको थियो ।
आगलागीबाट तत्काल कुनै क्षति भएको खबर प्राप्त भएको छैन भने आगलागीको कारण भने खुल्न सकेको छैन ।
स्टेना स्क्यान्डिका नामक उक्त जहाज स्वीडेनको दक्षिणपूर्वी तटमा रहेको गोट्स्का स्यान्डन टापुमा रहेको समय आगलागी भएको थाहा भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया