चन्द्रमामा पठाउने भनिएको रकेट प्रक्षेपण स्थगित
न्युयोर्क- अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । आर एस–२५ इन्जिनमध्ये एउटामा तापक्रम समस्या देखिएपछि रकेट प्रक्षेपण स्थागित भएको नााले जनाएको छ । उसले शुक्रबार अर्को प्रक्षेपण गर्न सक्ने जनाइएको छ ।
आर्टमिस नाम दिइएको यस कार्यक्रमले मानवलाई पुनः चन्द्रमामा पुर्याउने लक्ष्य लिएको छ । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो ।
केनेडी अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार ८ बजेर ३३ मिनेटमा उक्त रकेट उडाउने तयारी थियो । तर, प्रविधिक समस्याका कारण प्रक्षेपण स्थगित गरिएको नासाले घोषणा गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया