खाद्य सहायता जहाज युक्रेनबाट यमन प्रस्थान
साना- विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले ३७ हजार मेट्रिक टन गहुँ बोकेको जहाज मङ्गलबार युक्रेनको युजन्हीको ब्ल्याक सी बन्दरगाहबाट यमनतर्फ प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । गत 'फेब्रुअरीमा (रूसी–युक्रेनी) द्वन्द्व सुरु भएदेखि युक्रेनबाट भएको खाद्य सहायताको यो दोस्रो सामुद्रिक ढुवानी हो' विज्ञप्तिमा भनिएको छ ।
यो ढुवानीले यमनका करिब ४० लाख मानिसलाई एक महिनाका लागि सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ जसले देशको अर्थतन्त्र ध्वस्त भएको छ र लाखौँलाई भोकमरीमा धकेलिरहेको छ । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया