विश्वलाई सुरक्षित स्थान बनाउने गोर्बाचोभ दुर्लभ नेता : बाइडन
फाइल तस्बिर
न्युयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडनले मंगलबार मस्कोमा ९१ वर्षको उमेरमा निधन भएका पूर्व सोभियत नेता मिखाइल गोर्बाचोभलाई विश्वलाई सुरक्षित स्थान बनाउने ‘दुर्लभ नेता’ को रूपमा टिप्पणी गरेका छन् ।
‘यी दुर्लभ नेताका यस्ता कार्य थिए- एउटा भिन्न भविष्य सम्भव छ भन्ने कल्पना र साथ हेर्ने र यसलाई प्राप्तिका लागि आफ्नो सम्पूर्ण करिअरलाई जोखिममा राख्ने साहस’ बाइडनले अगाडि भनेका छन् ‘त्यसको परिणाम सुरक्षित संसार र लाखौँ मानिसहरूका लागि ठूलो स्वतन्त्रता थियो ।’ गोर्भाचेभ महत्वपूर्ण भिजन भएका व्यक्ति भएको पनि बाइडनले बताए ।
लामो समयदेखि बिरामी भएका गोर्बाचोभको मंगलबार निधन भएको थियो । सन् १९८५ देखि १९९१ सम्म शक्तिमा रहेका उनले अमेरिका र सोभियत सम्बन्धलाई सुधार्न सहयोग गरे र उनी शितयुद्धका अन्तिम नेता हुन् । एजेन्सी
र, यो पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया