मलेसियाका पूर्वप्रधानमन्त्री मोहम्मद अस्पताल भर्ना
काठमाडौं – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद अस्पताल भर्ना भएका छन् । ९७ वर्षीय मोहम्मदलाई बुधबार कोभिड–१९ पोजेटिभ देखिएपछि राष्ट्रिय हृदय प्रतिष्ठानमा जाँच गर्न लगिएको थियो ।
उनको कार्यालयबाट बुधबार बिहान जारी विज्ञप्तिमा मोहम्मदलाई कोभिड भएको पुष्टि भएको उल्लेख थियो । चिकित्सा टोलीको सल्लाहअनुसार उनलाई केही दिन थप निरीक्षण गर्नका लागि राष्ट्रिय हृदय संस्थानमा भर्ना गरिएको हो । विज्ञप्तिमा विस्तृत विवरण भने उल्लेख गरिएको छैन ।
पहिलेदेखि नै हृदयमा समस्या रहेका उनी जनवरीको अन्त्यतिर अस्पतालमा लामो समय बिताएका थिए । उनलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । महाथिर दुई पटक मलेसियाको प्रधानमन्त्री भइसकेका छन् । पहिलो १९८१ देखि २००३ सम्म र फेरि मे २०१८ मा उनी प्रधानमन्त्री भएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया