उइघुरहरूमाथि चीनले गरेको व्यवहार मानवताविरुद्धको अपराध : राष्ट्र संघ
काठमाडौं– संयुक्त राष्ट्र संघका मानवअधिकार आयुक्तले उइघुरहरूमाथि चीनले गरेको व्यवहार मानवताविरुद्धको अपराध हुनसक्ने बताएकी छन् । संयुक्त राष्ट्र मानव अधिकारका आयुक्त मिशेल बाचेलेटले सिन्जियाङ प्रान्तमा चीनले उइगर मुस्लिमहरूविरुद्ध गम्भीर मानवअधिकार उल्लङ्घन गरेको बताएकी छन् ।
उक्त कार्य मानवताविरुद्धको अपराध हुन सक्ने बताइएको छ । बाचेलेटको कार्यकाल सकिन् ११ मिनेट मात्रै बाँकी रहँदा उनको प्रतिवेदन प्रकाशित गरिएको थियो ।
४५ पृष्ठ लामो प्रतिवेदनले बेइजिङलाई तुरुन्तै आफ्नो स्वतन्त्रताबाट वञ्चित भएका सबै व्यक्तिहरूलाई रिहा गर्न भनेको छ ।
हराएका व्यक्तिहरूको ठेगाना स्पष्ट पार्न र घरेलु सुरक्षासम्बन्धी कानुनहरूको पूर्ण समीक्षा गर्न उक्त प्रतिवेदनमा आग्रह गर्दै विभेदकारी कानूनहरू खारेज गर्न पनि भनिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया