विश्व

आणविक संयन्त्रलाई सुरक्षित रूपमा सञ्चालन गर्न मस्को ‘सबै प्रयास गर्दैछ’ : रुसी विदेशमन्त्री

इकागज |
भदौ १६, २०७९ बिहीबार १४:५७ बजे

काठमाडौं – रुसका विदेशमन्त्री सर्गेई लाभरोभले जापोरिज्हिया आणविक प्लान्ट सुरक्षित रूपमा सञ्चालन गर्न र आइएइएका भ्रमण गर्ने निरीक्षकहरूलाई आफ्नो कार्य पूरा गर्न सक्षम बनाउन मस्कोले सबै किसिमका प्रयास गरेको बताएका छन् । 

मस्कोको एक कार्यक्रममा बोल्दै लाभरोभले भने, ‘हामीले सकेसम्म स्टेशन सुरक्षित छ, यसले सुरक्षित रूपमा काम गर्दछ भन्ने कुरामा सतप्रयास गरेका छौं ।’  मिशनको लागि यसको सबै योजनाहरू पूरा गर्नछौं । 


बिहीबार रुस र युक्रेनले एकअर्कामाथि गोलाबारी गरेको आरोप लगाएका छन् । यद्यपि, आइएईएका प्रमुखले भ्रमण जारी रहने बताएका छन् ।  
 


Author

थप समाचार
x