भाजपा नेता सुखवीरको हत्या
फाइल तस्बिर
गुरुग्राम- बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन् ।
पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएका थिए । भाजपा नेता तथा सोहना मार्केट कमिटीका पूर्व अध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुखवीर मुख्यमन्त्री मनोहरलाल खट्टरको निकटका व्यक्ति रहेको बताइएको छ । गुडगाउँ प्रहरीले सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा अनुसन्धान सुरू गरेको छ । एएनआई
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया