विश्व

कोलम्बियामा विस्फोट, ८ प्रहरी अधिकारीको मृत्यु

इकागज |
भदौ १८, २०७९ शनिबार ९:८ बजे

कोलम्बिया - दक्षिणपश्चिमी कोलम्बियामा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ । आक्रमणको  राष्ट्रपति गुस्ताभो पेट्रोले निन्दा गरेका छन् । ‘आठ प्रहरीको ज्यान जाने गरी भएको हमलाको निन्दा गर्छु’, राष्ट्रपति पेट्रोले भनेका छन् । हुइला विभागको एक ग्रामीण क्षेत्रमा उक्त हमला भएको थियो । 

आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन। आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । पछिल्ला राजधानीमा सशस्त्र समूहले आफ्ना गतिविधि बढाउन थालेका छन् । 
 



Author

थप समाचार
x