विहारमा डुंगा डुब्दा दश जना बेपत्ता
नयाँदिल्ली - पूर्वी भारतको विहार राज्यको एउटा नदीमा आइतबार साँझ डुंगा डुब्दा दश जना बेपत्ता भएका छन् भने ४० जना पौडेर सुरक्षित स्थानमा पुग्न सफल भएकमा सरकारी अधिकारीले बताएका छन् ।
हराइरहेकाहरूको उद्धार तथा खोजमा राज्यको प्रकोप व्यवस्थापन कार्यालयका अधिकारी क्रियाशील रहेका पटनास्थित जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ । दुर्घटनाग्रस्त डुङ्गामा पटनाको दाउदपुर क्षेत्रका श्रमिक सवार थिए । उनीहरू कामबाट फर्केका थिए । राष्ट्रिय प्रकोप उद्धार बलका गोताखोर पनि खोजीमा परिचालन भएका छन् ।
भारतका ग्रामीण क्षेत्रमा परम्परागतरूपमा निर्माण गरिएका डुंगा यातायातका प्रमुख साधन हुन् । विशेष गरी वर्षायाममा भारतमा डुङ्गा दुर्घटना हुने गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया