विश्व

जेलेन्स्कीले दिए ‘विकिरण प्रकोप’को चेतावनी

इकागज |
भदौ २१, २०७९ मंगलबार १४:५१ बजे

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी(आइएइए) प्रतिवेदन आउनु अगाडि नै जापोरिझिया आणविक उर्जा केन्द्रमा ‘विकिरण प्रकोप’को चेतावनी दिएका छन् । 

संयुक्त राष्ट्र संघको आणविक पर्यवेक्षकले सुरक्षा परिषदलाई स्थितिको मूल्याकंनमा संक्षिप्त जानकारी दिनुअगावै जेलेन्स्कीले आणविक उर्जा केन्द्रमा अन्तिम काम गर्ने रिएक्टरलाई आगोले बन्द गर्न बाध्य भएपछि ‘विकिरण प्रकोप’को चेतावनी दिएका छन् ।


फेब्रुअरी २४पछिको रूसी सेनाको आक्रमणमा युक्रेनी प्लान्ट कब्जा गरिएको थियो । युक्रेन र रसिया दुवैले एक अर्कालाई प्लान्ट नजिकै गोली हानेर विपत्तिको जोखिम बढाएको आरोप लगाएका छन् ।
आइएइएको शनिबारको विज्ञप्ति अनुसार उक्त रिएक्टर गोलाबारी पछि जापोरिझियामा सञ्चालनमा रहेका रिएक्टरमध्ये अन्तिम रिएक्टर थियो । 


Author

थप समाचार
x