विश्व

१२ सय करोडको लागूऔषधसहित दुई अफगान नागरिक पक्राउ

इकागज |
भदौ २१, २०७९ मंगलबार २१:५३ बजे

सांकेतिक तस्बिर

नयाँ दिल्ली- दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागूऔषध बरामद गरेको बताएको छ ।

करिब १२ करोड बराबरको ३१२ किलो मेथाम्फेटामाइन लागूऔषधसहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको छ ।   त्यसैगरी उनीहरूबाट १० किलो शुद्ध हेरोइन समेत बरामद गरेको छ ।


आरोपीहरूलाई नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकैको मेथापुर रोडबाट पक्राउ गरिएको  हो । सन् २०१६ देखि भारतमा बस्दै आएका  २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिमलाई विदेशबाट सञ्चालित लागूऔषध तस्करको ठूलो मात्रा दिल्लीमा ल्याइने भएको सूचना पाएपछि दिल्ली प्रहरीले पक्राउ गरेको बताएको छ ।

एसीपी ललित मोहन नेगी र हृदय भूषणको नेतृत्वमा रहेको टोलीले  इन्स्पेक्टर विनोदकुमार बडोला र इन्स्पेक्टर अरविन्दकुमार र एसआई सुन्दर गौतम र एसआई यशपाल सिंहको सहयोगमा ती व्यक्ति पक्राउ गरेको हो । दुई अफगानी नागरिकलाई पक्राउ गर्दै अन्तर्राष्ट्रिय सिंथेटिक लागूऔषध कारोबारीको पर्दाफास गरिएको प्रहरीको दाबी छ ।

घटनाबारे थप अनुसन्धान  जारी रहेको प्रहरीले बताएको छ ।  एएनआई


Author

थप समाचार
x