विश्व

बेलायतमा सात दशक शासन गरेकी महारानी एलिजाबेथको निधन

जेठा छोरा चार्ल्स बने नयाँ राजा

इकागज |
भदौ २४, २०७९ शुक्रबार ६:३३ बजे

काठमाडौँ - बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ । स्कटल्यान्डको बालमोरल दरबारमा ९६ वर्षको उमेरमा महारानी एलिजाबेथ द्वितीयाको निधन भएको बीबीसीले जनाएको छ ।

सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुन् ।  


उनले ७० वर्षसम्म शासन गरिन् । उनले सन् १९५२ मा सत्ताराेहण गरेकी थिइन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा पर्छिन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् ।

यसअघि आज बिहीबार उनको स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो । 

उनको निधनपछि उनका जेठा छोरा नयाँ राजा बनेका छन् ।


Author

थप समाचार
x