विश्व

बिहार विधानसभा निर्वाचन :

बिहारमा नितिशकुमार-बिजेपी गठबन्धनलाई बहुमत

इकागज |
कात्तिक २६, २०७७ बुधबार ८:२७ बजे

भारतको बिहार विधानसभा निर्वाचनमा नितिशकुमार र भारतीय जनता पार्टीको एनडिए गठबन्धनले पूर्ण बहुमत प्राप्त गरेको छ । नितिशकुमार र भारतीय जनता पार्टीको एनडिए गठबन्धनले बहुमत प्राप्त गरेको हो । १ सय २५ सिट जित्दै त्यस्तै लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको गठबन्धनले १ सय १० सिट प्राप्त गरेको छ । विहारमा सरकार बनाउन १२२ सिट आवश्यक पर्छ ।


बिहार विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले ७०, राष्ट्रिय जनता दलले ७५, जेदयू ४३ सिट जितेका छन् । त्यसैगरी कांग्रेसले १९, लोक जनशक्ती पार्टीले १ तथा हिन्दूस्तान अवाम मोर्चाले ४ सिटमा जितेका छन् ।

त्यस्तै जितपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार ट्‍वीट गर्दै नयाँ दशक बिहार हुने उल्लेख गरेका छन् । उनले त्यसको लक्ष्य आत्मनिर्भर बिहार हुने बताएका छन् ।

'बिहारमा जनता-जनार्दनको आशिर्वादले फेरि एक पटक लोकतन्त्रले विजय प्राप्त गरेको छ। विजेपीसँगै एनडिएका सबै कार्यकर्ताले जुन संकल्प-समर्पणभावका साथ काम गरेको त्यो अभिभूत गर्ने किसिमको छ। म कार्यकर्तालाई बधाई दिन्छु र बिहारका जनतालाई हृदयदेखि आभार प्रकट गर्छु,' मोदीले ट्‍वीट गरेका छन् , 'बिहारले संसारलाई लोकतन्त्रको पहिलो पाठ पढाएको थियो। आज फेरि बिहारले संसारलाई लोकतन्त्रलाई कसरी मजबुत गरिन्छ भन्ने बताएको छ। कीर्तिमानी संख्यामा बिहारका गरिब, बञ्चित र महिलाहरूले भोट गरे र आज विकासका लागि आफ्नो निर्णायक फैसला सुनाएका छन् ।
 


Author

थप समाचार
x