रुसबाट १ हजार वर्ग किमी क्षेत्र फिर्ता गरिएको युक्रेनको दाबी
किभ- युक्रेनले गत हप्ता रुसबाट आफ्नो दक्षिण र पूर्वमा १,००० वर्ग किलोमिटर (३८५ वर्ग माइल) भन्दा बढी क्षेत्र रुसबाट फिर्ता लिएको जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभ क्षेत्रमा ३० भन्दा बढी बस्ती मुक्त गरिएको बताएका छन् ।
खार्किभ क्षेत्रमा रुसका शीर्ष कब्जा अधिकारीले युक्रेनी सेनाले 'महत्वपूर्ण विजय' जितेको स्वीकार गरे । भिटाली गान्चेभले रुसी टिभीलाई युक्रेनीहरूले रुसी रक्षा रेखा तोडेको बताए ।
उनले रुसी नियन्त्रणमा रहेको खार्किभको सबैभन्दा महत्वपूर्ण सहरी केन्द्र कुपियान्स्क र अन्य दुई सहरबाट सर्वसाधारणलाई बाहिर निकालिएको बताए । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया