विश्व

न्युजिल्यान्डमा डुङ्गा र ह्वेल ठोक्किँदा पाँच जनाको मृत्यु

इकागज |
भदौ २५, २०७९ शनिबार १५:२५ बजे

वेलिङ्टन- न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ ।

प्रहरीले पाँच जनाको मृत्यु भएको पुष्टि गरेकाे छ । त्यसैगरी अन्य छ जनाको भने उद्धार गरिएको छ ।


उद्धार हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ ।

काइकोरा एउटा सानो तटीय शहर हो जुन न्युजिल्यान्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । सिन्ह्वा


Author

थप समाचार
x