विश्व

पेरुमा १४ महिनामा  चार विदेशमन्त्रीले राजीनामा दिए

इकागज |
भदौ २५, २०७९ शनिबार १५:३० बजे

लिमा - पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन् । उनी राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा  रहेको सरकारमा पद त्याग गर्ने चौथो विदेशमन्त्री हुन् । राजनीतिक अस्थिरताबाट  गुज्रिएको पेरुमा  विदेशमन्त्रीको राजीनामाले थप राजनीतिक अस्थिरता बढाएको छ । 

कास्टिलोको सरकारले सन् २०२१  जुलाईमा पदभार ग्रहण गरेदेखि  हालसम्म दुईवटा महाभियोग सामना गर्दै भ्रष्टाचारलगायत छ वटा आपराधिक अनुसन्धानको सामना गरिरहेको  छ । 


गत महिना पूर्वप्रधानमन्त्री एनिबल टोरेस क्यास्टिलोको सरकारबाट राजीनामा दिने चौथो व्यक्ति थिए ।  त्यसपछि अन्य सात आन्तरिक मन्त्रीहरूले पदत्याग गरेका छन् ।

रोड्रिग्वेजले विदेश मन्त्रालयको ट्विटर सार्वजनिक गर्दे साझा गर्दै राजीनामा घोषणा गरेका थिए। स्थानीय  सञ्चारमाध्यमले भर्खरै  मन्त्री रोड्रिग्वेज र राष्ट्रपति कास्टिलो बीच विभिन्न मुद्दाहरूमा असहमति  रहेको सार्वजनिक गरेका थिए । वामपन्थी राष्ट्रपति कास्टिलो आफ्ना दक्षिणपन्थी प्रतिद्वन्द्वीहरूबाट निरन्तर आलोचना र अफ्ठेरोमा परेका छन् । 

पेरुमा राजनीतिक अस्थिरताको  अचम्मको शृङ्खला छ । सन् २०२० मा पाँच दिनमा तीनजना राष्ट्रपतिहरू  भएका थिए भने सन् २०१६ पछि पाँच राष्ट्रपति  चुनिएका छन् ।
 


Author

थप समाचार
x