विश्व

राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

इकागज |
भदौ २५, २०७९ शनिबार १६:० बजे

फाइल फोटो

वासिङटन - राष्ट्रपति जो बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका हुन् । 

बेलाइतका राजा चाल्र्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उनले बताए । `म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको  छैन । मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन,` ओहायोको कोलम्बसमा एयर फोर्स वानमा सवार हुनुअघि उनले पत्रकारहरू माझ भने ।  


राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लण्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ । शुक्रबार राष्ट्रपतिले आफ्नी अर्धाङ्गिनी जिल बाइडेनका साथ यहाँस्थित ब्रिटिस दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए । 


Author

थप समाचार
x