किङ्ग चार्ल्स तृतीय बेलायतको नयाँ राजा घोषित
लण्डन- किङ्ग चार्ल्स तृतीयलाई औपचारिक रूपमा बेलायतको नयाँ राजा घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा ७३ वर्षीय उनलाई राजा घोषणा गरिएको हो । त्यसअघि राजपरिषदको बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो ।
घोषणा सभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री, प्रमुख पादर राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगायका थिए । गत बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलायतको संविधानअनुसार युवराज चार्ल्स स्वतः राजा भएका हुन् ।
शुक्रबार नै उनले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता पनि व्यक्त गरे ।
राष्ट्रका नाममा गरेको सम्बोधनमा किङ्ग चार्ल्सले 'मलाई यो महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगत छ, म यो गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्नेछु,' भने । सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया