विश्व

अतिविपन्‍नका लागि भारतको आसाममा एक लाख सरकारी घर बनाइने

इकागज |
भदौ २५, २०७९ शनिबार २१:५४ बजे

गुवाहाटी- भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरू बनाउने तयारी गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

आसामका पञ्चायत तथा ग्रामिण विकास मन्त्री रन्जितकुमार दासले आगामी सेप्टेम्बर १७ देखि ती घर बनाउने कार्य सुरू हुने जानकारी दिए । सरकारले बनाउने ती घरबाट १६ लाख मानिस लाभान्वित हुने पनि उनले शनिबार बताएका छन् । ती घरहरू प्रदेशका विभिन्न ठाउँमा बनाइने भएका छन् ।


सरकारले घरबारविहीन रहेका, न्युन आय भएका परिवारलाई छानेर घर बनाइदिने योजना अनुसार ती घरहरू बनाउन लागिएको हो । ती घर निर्माण सम्पन्न भएपछि सरकारले उनीहरूलाई हस्तान्तरण गर्नेछ । भारतको केन्द्र सरकारले देशका अन्य प्रदेशहरूमा पनि प्रधानमन्त्री आवास योजना लागू गरी घरबारविहीनहरूलाई घर दिने कार्यक्रम बनाएको छ । एएनआई


Author

थप समाचार
x