एलिजाबेथको निधनमा अष्ट्रेलियाले एकदिने शोक मनाउने
काठमाडौँ- अष्ट्रेलियाले बेलायती महारानी एलिजाबेथ द्वितियको निधनमा शोक मनाउने भएको छ । एलिजाबेथको शोकमा अष्ट्रेलियाले सेप्टेम्बर २२ मा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
अष्ट्रेलियन प्रधानमन्त्री एन्थनी अल्बानिजले महारानी एलिजाबेथको निधनमा शोक मनाउने घोषणा गरे । उनले एक दिन विदा दिने निर्णय गरिएको जनाएका छन् ।
अल्बानिजले राज्य तथा क्षेत्रका प्रियमियर तथा मुख्य मन्त्रीहरूलाई सेप्टेम्बर २२ मा शोक दिवस मनाउन समेत अनुरोध गरेका छन् ।
स्कटल्यान्डको बालमोरल दरबारमा ९६ वर्षको उमेरमा महारानी एलिजाबेथको बिहीबार राति निधन भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया