जापोरिझिया आणविक प्लान्टमा बचेको अन्तिम एक रिएक्टर बन्द
काठमाडौं –युक्रेनको जापोरिझिया आणविक प्लान्टमा बचेको अन्तिम एक रिएक्टर पनि बन्द भएको छ ।
विकिरणले प्रकोप निम्त्याउन सक्ने भन्दै युक्रेनमा रहेको रुसी नियन्त्रित जापोरिज्जिया आणविक प्लान्टको सञ्चालन पूर्ण रूपमा बन्द भएको छ । सुरक्षा उपायको रूपमा हेरिएको भन्दै उक्त प्लान्ट बन्द भएको हो ।
आइतवार बिहान ३ बजेर ४१ मिनेटमा (००ः४१ जिएमटी) ग्रिडबाट ६ नम्बरको पावर युनिट विच्छेद गरेपछि सुविधाको काम पूर्ण रूपमा रोकिएको प्लान्टको प्रभारी राज्य एजेन्सी एनरगोएटमले बताएको छ ।
यसलाई चिसो पारेर स्थानान्तरण गर्ने तयारी भइरहेको विज्ञप्तिमा बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया