सहायताको अभावमा पाकिस्तानमा गर्भवती महिला र बच्चाको मृत्यु
फाइल फोटो
पाकिस्तान - बाढी प्रभावित पाकिस्तानको खैरपुर जिल्लामा समयमै चिकित्सा सहायता र राहत सामग्रीको अभावमा शनिबार एक आमा र उनको गर्भमा रहेको बच्चाको मृत्यु भएको छ ।
सडकमा बाढीको पानीका कारण महिलालाई अस्पताल पुर्याउन नसक्दा खैरपुर जिल्लाको अकारी गाउँमा उक्त घटना भएको एआरवाई समाचारले जनाएको छ ।
हालै, संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोष (युएनएफपिए) ले पनि पाकिस्तानमा बाढी प्रभावित क्षेत्रहरूमा करिब ६ लाख ५० हजार गर्भवती महिलाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चिन्ता व्यक्त गरेको छ ।
अर्को महिना सुत्केरी हुने अनुमान गरिएका ७३ हजार महिलाहरूलाई दक्ष स्वास्थ्यकर्मीलगायत नवजात शिशुको हेरचाह र सहयोगको आवश्यकता पर्ने संयुक्त राष्ट्रसंघ एजेन्सीले थप जानकारी दिएको एआरवाई समाचारले जनाएको छ ।
पाकिस्तानमा विनाशकारी बाढीकाबीच, महिलाहरु र उनीहरुको आवश्यकताहरु कठिनाईमा परेको छ । तिनीहरूमध्ये धेरै खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
अचानक आएको बाढीले देशका ८० जिल्लालाई नराम्ररी प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको ज्यान गएपछि पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या करिब १२ सय पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया