एलिजाबेथ द्वितीयको अन्तेष्टिमा बाइडन सहभागी हुने
न्युयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडन बेलायतकी महारानी एलिजाबेथ द्धितीयको अन्तेष्टिमा सहभागी हुने भएका छन् । बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्तेष्टि हुँदै छ ।
‘राष्ट्रपति बाइडनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ ।
बाइडनसँगै प्रथम महिला पनि अन्तेष्टिमा सहभागी हुनेछिन् । यसअघि ह्वाइट हाउसले बाइडन सेप्टेम्बर १८ मा न्यूयोर्क जाने र सेप्टेम्बर १९ र २० मा संयुक्त राष्ट्रसंघको महासभाको वार्षिक सत्रमा सहभागी हुने घोषणा गरेको थियो । बाइडनले राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने नगर्ने बारेमा ह्वाइट हाउसले कुनै खुलासा गरेको छैन् । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया