विश्व

श्रीलंकामा मानव तस्करमाथि कडा निगरानी, पक्राउ पर्नेको सङ्ख्या बढ्यो

इकागज |
भदौ २७, २०७९ सोमबार १९:३८ बजे

कोलम्बो - श्रीलंका सरकारले हालैका महिनाहरूमा बावजुद डुङ्गामार्फत अवैध रूपमा मानिसहरूलाई विदेश पठाउने मानव तस्करहरूमाथि कडा कारबाही गर्ने बताएको छ । 

श्रीलंकाको पूर्वी क्षेत्र कट्टानकुडीस्थित मुगाथहुवरम समुद्र तटमा छापा मार्ने क्रममा डुङ्गामार्फत अवैध रूपमा अष्ट्रेलियामा मानव तस्करी गर्ने पाँच जनालाई सोमबार बिहान प्रहरी विशेष बलले पक्राउ गरेको थियो ।


मानव तस्करीमा प्रयोग भएका पाँच वटा डुङ्गापनि नियन्त्रणमा लिइएको छ ।   प्रहरीका अनुसार संदिग्धहरूले अवैध रूपमा डुङ्गाबाट अस्ट्रेलिया लैजान सहमत भएका थिए र अध्यागमन कानुनको उल्लंघन गरेका थिए ।

उनीहरूलाई थप अनुसन्धानका लागि कट्टनकुडी प्रहरीलाई बुझाइएको छ ।   प्रारम्भिक अनुसन्धानमा उनीहरूले डुङ्गाबाट अवैध रूपमा अस्ट्रेलिया लगेबापत प्रतिव्यक्ति करिब चार हजार २०० अमेरिकी डलर लिने गरेको खुल्न आएको छ ।
–––


Author

थप समाचार
x