विश्व

क्यानडामा दिनदहाडै प्रहरी अधिकारी मारिए

इकागज |
भदौ २८, २०७९ मंगलबार १५:७ बजे

फाइल फोटो

ओटावा - चक्कु प्रहारबाट दश जनाले ज्यान गुमाएका र १५ जना घाइते भएका घटना सेलाउन नपाउँदै क्यानडाको सबैभन्दा ठूलो शहर टोरोन्टोमा एक जना प्रहरी अधिकारीको गोली प्रहारबाट मारिएका छन् । 

गोली प्रहार गरेको आरोपको एकजना सन्दिग्धलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा घाइते भएका अन्य दुईजनालाई अस्पताल भर्ना गरिएको छ । घाइतेको परिचय खुलाइएको छैन । 


सशस्त्र आक्रमणकारीबाट जोगिन प्रहरीले सर्वसाधारणलाई चेतावनीयुक्त सूचना जारी गरेको छ । प्रहरीले आक्रमणकारीहरूको खोजी तथा  घटनाको अनुसन्धान गरिरहेको बताएको छ । 


Author

थप समाचार
x